मा कृष्ण प्रसाद सिलवाल ज्यूबाट सम्मान ग्रहण
सामुदायिक वन पुरस्कार वितरण
राष्टिय वृक्षारोपण दिवश  २०८२ को शुभारम्भ
डिभिजन वन कार्यालय ललितपुरको कार्यालय भवन
कोन्ञ्जोसम सव-डिभिजन वन कार्यालयको भवन

हाम्रो बारेमा

नेपालको मानचित्रमा ललितपुर जिल्ला २७०२२’ देखि २८०५०’ उत्तरी अक्षांश र ८५०१४’ देखि ८५०२६’ पुर्वि देशान्तर सम्म फैलिएर रहेको छ । यो जिल्ला ४५७ मिटर देखि २८३१ मिटर (फुलचोकी) सम्मको उचाईमा फैलिएको छ । जिल्लामा १ वटा महानगरपालिका, २ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेका छन । जिल्लाको कुल क्षेत्रफल ३९५४८ हेक्टर मध्ये २४१५१ हे. (६१.०७ %) वन क्षेत्रले ओगटेको छ । भौगोलिक अवस्थिति अनुसार जिल्लामा उपोष्ण देखि शितोष्ण सम्मको हावापानी रहेको पाईन्छ । जिल्लामा साल मिश्रित चौंडापाते वन, सल्ला मिश्रित चौडापाते वन एवं उत्तिस, चिलाउने र सल्ला मिश्रति चौडापाते वन पाईन्छ।

वि.सं. १९९९ मा काठ महल अड्डाको स्थापनावाट वन प्रशासनको कार्य शुरु भएको ईतिहास छ । सो समयमा त्यस अन्तर्गत ३ सर्कल र १२ वटा वन जाँच अड्डाहरु रहेका थिए । समयक्रम संगै वि.सं. २००८ सालमा दुई सर्कल, ११ डिभिजन र ४४ रेन्ज कार्यालयहरु सहित वन विभागको स्थापना भएको थियो ।त्यसै गरी वि.सं. २०३३ सालमा वन संगठनमा पुन: परिवर्तन गरी ९ वटा सर्कल, ४० वटा वन डिभिजन र एक सय ७४ वटा रेन्ज कार्यालयहरु स्थापना गरिएको थियो । वि.सं. २०४० सालमा वन संगठनलाई विकेन्द्रीकरणको भावना अनुरुप परिवर्तन गरी ५ वटा क्षेत्रीय निर्देशनालय समेत कायम गरियो ।साथै आ.व २०४३/४४ मा देशका ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयहरू स्थापना गरिएको हो ।वन संगठनलाई प्रभावकारी¸ समयानुकूल¸ जनमुखी र सेवामूलक बनाउन समय-समयमा यसको पुनर्गठन भई सो अनुरुप २०७५ सालमा देशको बदलिँदो राजनीतिक परिवेश अनुसार डिभिजन वन कार्यालयहरु प्रदेश सरकारको मातहतमा रहने व्यवस्था भई संचालन भइरहेको छ ।वागमती प्रदेशमा रहेका १५ वटा डिभिजन वन कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय ललितपुर एक हो ।डिभिजन वन कार्यालय ललितपुर गोदावरी नगरपालिकाको वार्ड नं. ३ मा अवस्थित छ । यस अन्तरगत ६ वटा सव डिभिजन वन कार्यालयहरु मार्फत फिल्ड स्तरमा सेवा प्रवाह भई रहेको छ ।

डिभिजन वन कार्यालय ललितपुरले मुलत: निम्न उद्धेश्यहरु हाँसिल गर्न आफ्ना कार्यक्रम र कृयाकलापहरु संचालन गर्ने गर्दछ ।

1) जिल्लाको समग्र वनक्षेत्रको संरक्षण, संबर्धन, सदुपयोग र व्यवस्थापन सम्वन्धि कार्यहरु सम्पादन गर्ने, नियमन र प्रवर्धन गर्ने । उपभोक्ताका दैनिक आवश्यक पर्ने वनपैदावर एवं वनपैदावरमा आधारित उद्योगहरुको लागि कच्चा पदार्थहरुको आपुर्ति व्यवस्थापन र नियमन गर्ने ।

2) विधमान वन, वन्यजन्तु र वातावरण सम्वन्धि नीति, ऐन, नियम, कार्यविधि एवं मार्गदर्शनको कार्यान्वयन गर्दै वनक्षेत्रमा सूशासन कायम गर्ने । वन,वन्यजन्तु र वातावरणको संरक्षण सम्वर्धन व्यवस्थापन संग सम्वन्धि तथ्याङ्क अध्यावधिक गरी सम्प्रेषण र पृष्ठपोषण गर्ने।

3) वन, वन्यजन्तु, जैविक विविधता, जलवायू परिवर्त आदि सम्वन्धि प्रचार प्रसार गर्ने, क्षमता अभिबृद्धिका कार्यहरु संचालन गर्ने । व्यापक रुपमा हरियाली प्रवर्धनको लागि गुणस्तरिय विरुवा उत्पादन र वृक्षारोपण कार्यक्रम संचालन गर्ने ।

4) वन पैदावरमा आधारित उद्योग एवं हरियाली प्रवर्द्धनका कार्यक्रमहरुवाट रोजगारी श्रृजना गर्ने ।

5) अनुगमन, मुल्याङ्कन र पृष्ठपोषण ।

1) वन तथा वन्यजन्तुको संरक्षण र अपराध नियन्त्रण
2) वन तथा वन्यजन्तु अपराधको न्यायिक निरुपण
3) विभिन्न व्यवस्थापन मोडालिटीका वनको हस्तान्तरण, व्यवस्थापन, नियमन र सहजिकरण
4) वन क्षेत्रको सर्वेक्षण, नक्साङ्कन र सिमा निर्धारण
5) वृक्षारोपण, निजि, सार्वजनिक र शहरी वन विकास एवं पर्यापर्यटन विकास
6) वन क्षेत्रभित्र पर्ने सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन
7) वन सदुपयोग तथा वन पैदावारको आपूर्ति एवं नियमन
8) जडिबुटि विकास, संकलन एवं वनजन्य उद्यम स्थापना र संचालनमा सहयोग
9) मानव वन्यजन्तु द्वन्द व्यवस्थापन
10) वन सम्वन्धि अध्ययन, अनुसन्धान, तालिम तथा प्रचार प्रसार
11) नगर उद्यान, पार्क र हरियाली प्रवर्द्धन
12) अनुगमन र प्राविधक सहयोग
13) वन सुशासन कायम लगायत वन वन्यजन्तु र वातावरण सम्वन्धि अन्य कार्यहरु

486637444_9647921101918387_2934245990408628864_n
डिभिजनल वन अधिकृत
संयोग वस्नेत 
९८५१२०५१८२
 
 
 
    सुचना अधिकारी
    बद्रिप्रसाद ढुङ्गाना, वन अधिकृत
    • मो.नं.:- ९८४५५८८५८६, ९८५१२२७३३०
      • ईमेल:- bpstona2090@gmail.com, dfolalitpur1@gmail.com
  •  
  •  
  •  
  • डिभिजन वन कार्यालय, ललितपुरको नागरिक वडापत्र
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  .

 

Dinamik oyun təcrübəsi ilə qazanclarınızı artırın və cəlbedici bonuslar qazanmaq üçün PinUp platformasında geniş çeşidli canlı dilerlər və slot oyunlarından yararlanın.

Join the excitement and maximize your gaming experience with incredible welcome bonuses and cashback offers when you complete your slotozen casino login, plus enjoy ongoing promot.

Spin the reels and feel the thrill as you play exciting slots on Bet9ja bet, where jackpots are just a spin away, bringing the casino excitement right to your screen!

Experience the thrill of gaming on the go with 1win, where you can access slots, live dealers, and exclusive bonuses seamlessly on your smartphone or tablet anywhere, anytime.

7k casino

Experience the thrill of gaming on the go with Peter Casino​, where you can enjoy a seamless mobile experience, spinning the reels or playing live dealer games anytime, anywhere.

Scroll to Top