उद्धेश्यहरु

डिभिजन वन कार्यालय ललितपुरले मुलतः निम्न उद्धेश्यअरु हाँसिल गर्न आफ्ना कार्यक्रम कृयाकलापहरु संचालन गर्ने गर्दछ

  • जिल्लाको समग्र वनक्षेत्रको संरक्षण, संबर्धन,सदुपयोग र व्यवस्थापन सम्बन्धि कार्यहरु सम्पादन गर्ने,नियमन र प्रवर्धन गर्ने ।
  • उपभोक्ताका दैनिक आवश्यक पर्ने वनपैदावार एंव वनपैदावरमा आधारित उद्योगहरुको लागि कच्चा पदार्थको आपुर्ति व्यवस्थापन र नियमन गर्ने ।
  • विधमान वन, वन्यजन्तु र वातावरण सम्बन्धि नीति, ऐन, नियम, कार्यविधि एव मार्गदर्शनको कार्यान्वयन गर्दै वनक्षेत्रमा सूशासन कायम गर्ने ।
  • वन, वन्यजन्तु, जैविक विविधता,जलवायू परिवर्त आदि सम्बन्धि प्रचार प्रसार गर्ने, क्षमता अभिबृद्धिका कार्यहरु संचालन गर्ने ।
  • व्यापक रुपमा हरियाली प्रवर्धनको लागि गुणस्तरिय विरुवा उत्पादन र वृक्षारोपण कार्यक्रम संचालन गर्ने ।
  • वन पैदावारमा आधारित उद्योग एंव हरियली प्रबर्द्धनका कार्यक्रमहरुबाट रोजगारी श्रृजना गर्ने ।
  • अनुगमन, मूल्याङ्कन र पृष्ठपोषण।

डिभिजन वन कार्यालयको प्रमुख कार्यहरु

डिभिजन वन कार्यालयको मूख्यगरि निम्न कार्यहरु रहेका छन् ।

  • वन तथा वन्यजन्तुको संरक्षण र अपराध नियन्त्रण ।
  • वन तथा वन्यजन्तु अपराधको न्यायिक निरुपण ।
  • विभिन्न व्यवस्थापन मोडालिटीका वनको हस्तान्तरण, व्यवस्थापन, नियमन र सहजिकरण
  • वन क्षेत्रको सर्वेक्षण, नक्साङ्कन र सिमा निर्धारण
  • वृक्षारोपण,निजि,सार्वजनिक र शहरी वन विकास एंव पर्यापर्यटन विकास
  • वन क्षेत्रभित्र पर्ने सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन
  • वन सदुपयोग तथा वन पैदावारको आपूर्ति एंव नियमन
  • जडिबुटि विकास, संकलन एंव वनजन्तु उद्यम स्थापना र संचालनमा सहयोग
  • मानव वन्यजन्तु द्बन्द व्यवस्थापन
  • वन सम्बन्धि, अध्ययन, अनुसन्धान,तालिम तथा प्रचार प्रसार
  • नगर उद्यान,पार्कर हरियाली प्रवर्द्धन
  • अनुगमन र प्राविधक सहयोग
  • वन सुशासन कायम लगायत वन वन्यजन्तु र वातावरण सम्बन्धि अन्य कार्यहरु
Scroll to Top